Kathmandu Press

नुनेज, अरौजोसहित उरुग्वेका १२ खेलाडीमाथि लाग्यो प्रतिबन्ध

दक्षिण अमेरिकी फेडेरेसन (कोन्मेबोल)ले उरुग्वको स्ट्राइकर डार्विन नुनेज, डिफेन्डर रोनाल्ड अरौजोसहित १२ खेलाडीमाथि प्रतिबन्ध लगाएको छ। 
नुनेज, अरौजोसहित उरुग्वेका १२ खेलाडीमाथि लाग्यो प्रतिबन्ध

काठमाडाैं, भदाै १३ : उरुग्वे फुटबल टिमका ११ खेलाडीमाथि प्रतिबन्ध लागेको छ। दक्षिण अमेरिकी फेडेरेसन (कोन्मेबोल)ले उरुग्वको स्ट्राइकर डार्विन नुनेज, डिफेन्डर रोनाल्ड अरौजोसहित १२ खेलाडीमाथि प्रतिबन्ध लगाएको छ। 

२ महिनाअघि अमेरिकाम भएको कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियासँग पराजित भएपनि दर्शकसँग झगडामा उत्रिएपछि कोन्मेबोलले उनीहरुलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको हो।

कोलम्बियासँग सेमिफाइनलमा पराजित भएपति नुनेससहितका खेलाडी दर्शक बस्ने स्ट्यान्डमै गएर झगडा गरेका थिए।

कोम्मेबोल लिभरपुलका स्ट्राइकर नुनेजमाथि ५ खेलको प्रतिबद्ध लगाएको छ भने टोटनहमका मिडफिल्डर रोड्रिगो बेन्टानकुरमाथि ४ खेलको प्रतिबन्द्ध लगाएको छ। यस्तै, बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजो, नापोलीका डिफेन्डर म्याथिस ओलिभिएरा र एट्लेटिको मड्रिडका डिफेन्डर जोसे मारिया जिमिनेजमाथि समान ३ खेलको प्रतिबन्ध लागेको छ। उनीहरुलाई जरिवाना पनि तिराइएको छ।

यस्तै, कोन्मेबोलले पाउकुन्डो पेलेस्ट्री, सेबास्टियन कासेरेस, माटिअस भिना, इमिलानो मार्टिनेस, ब्रिअन रोड्रिगेज, सान्टियागो मेले र मार्सेलो गार्सियामाथि पनि प्रतिबन्ध लगाएको छ। उनीहरूमाथि कति खेलको प्रतिबन्ध लागेको भन्ने खुलेको छैन। 

स्टार खेलाडीहरु माथि नै प्रतिबन्ध लागेपछि विश्वकप छनोटमा उरुग्वेमाथि धक्का लाग्न सक्छ।

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, भदौ १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्