Kathmandu Press

काठमाडौं महानगरका १२ नगर प्रहरीको स्तर वृद्धि

महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीय स्तरीय निर्णयबाट नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायव निरीक्षकमा तह वृद्धि गरिएको हो। 
काठमाडौं महानगरका १२ नगर प्रहरीको स्तर वृद्धि

काठमाडौं, भदौ १३ : काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ।

महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीय स्तरीय निर्णयबाट नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायव निरीक्षकमा तह वृद्धि गरिएको हो। 

Hardik ivf

तह वृद्धि गरिएका प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकाले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिवद्ध रहन निर्देशन दिए। 

त्यस अवसरमा प्रशासन विभागका प्रमुख नमराज ढकाल, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेसहित अधिकारीहरुले महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम र सहरी सुशासनमा नागरिकले नगर प्रहरीमाथि विश्वास गरेको बताउँदै यो विश्वाशमा आँच आउन दिन नहुने बताए। 

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, भदौ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्