लकडाउनमा अनलाइनमार्फत घरमै स्वास्थ्य सेवा
काठमाडौं, चैत २९ : स्वास्थ्यमा समस्या आएको छ? लकडाउनका कारण अस्पताल जान सक्नु भएको छैन? अब घरमै स्वास्थ्य सेवा पाइने भएको छ।
डक्टरर्स अ....

काठमाडौं, चैत २९ : स्वास्थ्यमा समस्या आएको छ? लकडाउनका कारण अस्पताल जान सक्नु भएको छैन? अब घरमै स्वास्थ्य सेवा पाइने भएको छ।
डक्टरर्स अन कल नेपाल र ईएसआर टेक्नोलोजीले अनलाइनमार्फत घरमै स्वास्थ्य सेवा प्रदान गर्न लागेका हुन्। दुवै संस्थाले सञ्चालन गर्न लागेको डकनेपाल डट कम अनलाइनमार्फत भिडियोबाट चिकित्सकले सेवाग्राहीलाई परामर्श दिने भएका छन्।
चिकित्सकले बिरामीलाई भिडियोमार्फत जानकारी दिने जनाएको छ। त्यस्तै, आवश्यक औषधिको पनि अनलाइनमार्फत नै सिफारिस गरिने ईएसआरका प्रमुख कार्यकारी अधिकृत शशि ढुंगेलले बताएका छन्।
उनका अनुसार, यो सेवा निःशुल्क रुपमा प्रदान गरिनेछ। यो आपतकालीन अवस्थामा सबै सेवा पूर्ण रुपमा निःशुल्क हुने उनले बताए।
यस अभियानमा आर्थिक तथा प्राविधिक रुपमा नेपाल चिकित्सक संघ, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र एसीसीए ग्लोबलले सहयोग गरेको जनाएको छ। यसका लागि अनलाइन www.docnepal.com मार्फत सहयोग लिन सकिनेछ।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
