अमेरिकामा २४ घण्टामा दुई हजार बढीले ज्यान गुमाए
काठमाडौं, चैत्र २९ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु भएको छ ।
पछिल्ला एक साताम....

काठमाडौं, चैत्र २९ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु भएको छ ।
पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार ४३ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा हालसम्म १८ हजार ७ सय २५ पुगेको छ । जुन संख्या इटालीको भन्दा १ सय ५० ले कमी हो ।
हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । त्यस्तै अमेरिकामा हालसम्म संक्रमितको संख्या ५लाख नाघेको छ ।
अहिलेसम्म अमेरिकामा ५ लाख १ हजार ८ सय ८० जना संक्रमित भेटिएको, जसमध्ये पछिल्लो २४ घन्टामा मात्रै ३३ हजार ३ सय १४ नयाँ संक्रमित देखिएका हुन् । हालसम्म विश्वभरिमा १६ लाख ९७ हजार संक्रमित भेटिएकोमा १ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
