Kathmandu Press

पल र दीपिकाको ‘मायावी’ कात्तिक १५ मा रिलिज हुने

लभस्टोरी फिल्ममा पल शाह र दीपिका प्रसाईं मुख्य भूमिकामा छन्। निर्देशक भट्टराईले मायावीलाई ‘ड्रिम प्रोजेक्ट’ भएको बताएका छन्।
पल र दीपिकाको ‘मायावी’ कात्तिक १५ मा रिलिज हुने

काठमाडौं, भदौ १२ : दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ। तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ।

निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए।

लभस्टोरी फिल्ममा पल शाह र दीपिका प्रसाईं मुख्य भूमिकामा छन्। निर्देशक भट्टराईले मायावीलाई ‘ड्रिम प्रोजेक्ट’ भएको बताएका छन्।

फिल्ममा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ। 

फिल्म राज कटुवाल, चन्द्र पन्त र ध्रुवप्रसाद न्यौपाने मिलेर निर्माण गरेका हुन्। फिल्ममा निर्देशक भट्टराईकै लेखन छ। 

फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ। 
 
प्रकाशित मिति: १२:०० बजे, बुधबार, भदौ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्