Kathmandu Press

यू–२० साफको फाइनलका लागि उपाधि भीडन्तका लागि नेपाल तयार

‘फाइनलका लागि हामी तयार छौं। बंगलादेश पनि राम्रो हो, फाइनल प्रतिस्पर्धात्मक हुनेछ। जसले राम्रो ख्ल्छ उसैले जित्छ,’ श्रेष्ठले भने।
यू–२० साफको फाइनलका लागि उपाधि भीडन्तका लागि नेपाल तयार

काठमाडाैं, भदाै ११ : घरेलु मैदानमा जारी यू–२० साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भोलि बंगलादेशको सामाना गर्दै छ। यू–२० साफको तेस्रो उपाधिका लागि नेपालले भोलि दिउँसो ३ बजे एन्फा कन्प्लेक्स मैदानमा बंगलादेशको सामना गर्नेछ।

प्रतियोगितामा अपराजित रहेको नेपाली टिम सोही लयलाई कायम राख्दै उपाधि घरमै लाग्ने लक्ष्यमा हुनेछ। यता, बंगलादेशको लक्ष्य समूह चरणको प्राप्त हारको बदला फाइनलमा लिनु हुनेछ। समूह चरणमा नेपालले २–१ले बंगलादेशलाई हराएको थियो।

Hardik ivf

नेपाली टोलीमा राष्ट्रिय टोलीको अनुभव भइसकेका समिर तामाङ, सिमान्त थापालगायतका खेलाडी रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ उपाधिको लक्ष्य राखेका छन्। 

मंगलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रक्षिकश श्रेष्ठ फाइनलका आफूहरु तयार रहेको बताए। उनले फाइनल प्रतिस्पर्धात्मक हुने बताए। 

‘फाइनलका लागि हामी तयार छौं। बंगलादेश पनि राम्रो हो, फाइनल प्रतिस्पर्धात्मक हुनेछ। जसले राम्रो ख्ल्छ उसैले जित्छ,’ श्रेष्ठले भने। उनले फाइनलमा राम्रो प्रदर्शन गर्ने बताए। 

‘दशरथ रंगशालाको जति दर्शकको साथ एन्फा कम्प्लेक्समा नपाएपनि तयारी यही मैदानमा गरेका टिमलाइृ फाइदा हुने उनले बताए। उनले सेमिफाइनल सम्मको खेलमा टोलीको राम्रो र नराम्रो पक्ष केलाएको बताउँदै फाइनलमा सुधार ल्याउने बताए।

यस्तै, कप्तान कुशल देउवाले उपाधि घरमै राख्न नेपाली टिम तयार रहेको बताए। बंगालदेश कठीन टिम भएको बताउँदै उनले लाई समूह चरणम हराइसकेकाले उपाधि जित्नेमा आफूहरु विश्वास्त रहेको बताए। तर, खेलाडीहरुले मैदानमा शतप्रतिशत दिनु पर्ने उनले बताए। 

प्रकाशित मिति: २०:५४ बजे, मंगलबार, भदौ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्