Kathmandu Press

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, १७ लाख संक्रमित 

काठमाडौं, चैत्र २९ : कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक ल....

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, १७ लाख संक्रमित 

काठमाडौं, चैत्र २९ : कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १७ लाख पुग्न लागेको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । त्यहाँ १८ हजार ७ सयभन्दा बढीको मृत्यु भईसकेको छ । १७ लाख कोरोनाबाट संक्रमित भएकामा तीन लाख ७६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार ८ सयभन्दा धेरै छन् भने स्पेनमा १६ हजार नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५८ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४७ हजार नाघेको छ ।

भारतमा २४९ जनाको मृत्यु हुँदा ७ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् । 

प्रकाशित मिति: ०६:५२ बजे, शनिबार, चैत २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्