Kathmandu Press

अवरुद्ध हेटौंडा–काठमाडौं सडक खुल्यो

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो। 
अवरुद्ध हेटौंडा–काठमाडौं सडक खुल्यो
फाइल तस्बिर।

मकवानपुर, भदौ ११ : पहिरोका कारण अवरुद्ध हेटौंडा–काठमाडौं सडक आजदेखि सञ्चालनमा आएको छ। सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो। 

यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो। अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। 

प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, भदौ ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्