इटलीमा लकडाउनका समय लम्बाईने
काठमाडौं, चैत्र २९ : इटली सरकारले लकडाउनको समय लम्बाउने भएको छ । प्रधानमन्त्री जिसेप कोन्टेले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन ब....

काठमाडौं, चैत्र २९ : इटली सरकारले लकडाउनको समय लम्बाउने भएको छ । प्रधानमन्त्री जिसेप कोन्टेले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् ।
पहिलोपटक गएको फागुन २६ गतेसम्मका लागि गरिएको लकडाउन त्यसयता पटकपटक थप गरेर आउँदो वैशाख २१ गतेसम्म पुर्याइएको हो । लकडाउनका कारण इटालीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्यामा केहि कमी आएको भन्दै लकडाउनको समय बढाउने निर्णय गरिएको प्रधानमन्त्री जिसेप कोन्टेको भनाइ छ ।
गएको २४ घण्टामा इटालीमा ५ सय ७० जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ । सङ्क्रमितका हिसाबले इटली तेस्रो स्थानमा छ । इटलीमा १ लाख ४७ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।











