Kathmandu Press

विभाग संयोजक गोविन्द भट्टराईले गरे २६ देशका जनसम्पर्क समितिसँग भिडियो बैठक

काठमाडौं, चैत २८ : कांग्रेस केन्द्रिय सदस्य एवं कांग्रेस जनसम्पर्क समिति विभागका संयोजक गोविन्द भट्टराईले विदेशस्थित २६ देशका जनसम्पर्क समितिका सभापति....

विभाग संयोजक गोविन्द भट्टराईले गरे २६ देशका जनसम्पर्क समितिसँग भिडियो बैठक

काठमाडौं, चैत २८ : कांग्रेस केन्द्रिय सदस्य एवं कांग्रेस जनसम्पर्क समिति विभागका संयोजक गोविन्द भट्टराईले विदेशस्थित २६ देशका जनसम्पर्क समितिका सभापतिसँग भिडियो बैठक गरेका छन्। 

विश्वभरका २०३ भन्दा बढि मुलुकमा फैलिएको कोरोनाभाइरसको संक्रमणले विदेशमा रहेका नेपालीहरुको अवस्था र जनसम्पर्क समितिको भूमिकाका विषयमा छलफल गर्न उक्त बैठक राखिएको थियो। विहिबार नेपाली समय अनुसार साँझ ५ देखि ९ वजेसम्म भएको भिडियो बैठकमा कोरोना प्रभावित मुलुकहरुमा नेपालीहरुको अवस्थाको विषयमा संयोजक भट्टराईले जानकारी लिएका थिए । 'कोरोनाभाइरसले विश्वलाईने आक्रान्त पारेका बेला नेपालीहरुको अवस्था के छ भन्ने उदेश्यले भिडियो बैठक गरेको हु', संयोजक भट्टराईले काठमाडौं प्रेससँग भने, 'कतिपय देशहरुमा विद्यार्थीहरुलाई समस्या सुरु हुन थालेकाले उनीहरु नेपाल आउँन चाहेमा नेपाल सरकारले त्यसको प्रवन्ध गर्नुपर्न भन्ने बैठकको निष्कर्ष छ।' 

बैठकमा खाडी मुलुकमा रोजगारीका लागि गएकाहरुको रोजगारदाताले तलव दिन नमान्ने जस्ता समस्या देखिन थालेको बारेमा त्यहाँका जनसम्पर्क समितिका संयोजकहरुले जानकारी गराएका थिए । 'खाडीमा रहेका नेपालीहरुले तलव नपाउने समस्या देखिन थालेको छ', भट्टराईले भने, 'नेपाल सरकारले उनीहरु नेपाल फर्किएमा रोजगारी वा पेशा/व्यवशायका लागि उचित प्रवन्ध गर्नुपर्छ भन्ने हाम्रो सरकारसँग माग छ।'

सरकारसँग लकडाउन बाहेक अन्य विषयमा कुनै नीति नभएको भन्दै तत्काल आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पर्न सक्ने असर र त्यसको रोकथामको लागि लिनु पर्ने कार्यक्रम ल्याउनु पर्ने निष्कर्ष पनि उक्त बैठकले निकालेको छ। 'सरकार लकडाउन गरेर सुतेर बसेको छ, भष्टचारमा लिप्त छ,' भट्टराईले भने, 'जनसम्पर्कका साथिहरुले विदेशमा रहेका कोही नेपाली आउन चाहेमा ल्याउने पहल गर्न माग गर्नु भएको छ।' 

उक्त भिडियो बैठकमा बेल्जियम, स्पेन, इटाली, फ्रान्स, स्विजरल्याण्ड, नेदरल्याण्ड, जर्मनी, डेनमार्क, जापान, साइप्रस, इजरायल, कुवेत, ओमन, कतार, युएई, बहराइन, कोरिया, माल्टा, मलेसिया, नर्वे, अष्टेलिया, अमेरिका, क्यानडा लगायतका जनसम्पर्क समितिका सभापतिहरु सहभागि भएका थिए । 


 

प्रकाशित मिति: १९:२७ बजे, शुक्रबार, चैत २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्