Kathmandu Press

ताप्लेजुङ दुर्घटनाको शोकमा हेलिकप्टर सेवा बन्द

काठमाडौं, फागुन १६: ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति शोक जनाउँदै आज सबै हेलिकोप्टर कम्पनीहरूले उडान बन्द गरेका छन् ।

हेलिकोप्टर सोस....

ताप्लेजुङ दुर्घटनाको शोकमा हेलिकप्टर सेवा बन्द

काठमाडौं, फागुन १६: ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति शोक जनाउँदै आज सबै हेलिकोप्टर कम्पनीहरूले उडान बन्द गरेका छन् ।

हेलिकोप्टर सोसाइटी नेपालले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाप्रति शोक जनाउँन हेलिकोप्टर सेवा बन्द गरिएको जनाएको छ । हेलि एभरेष्ट, माउन्टेन, मनाङ, प्रभु र सिम्रिक एयरका हेलिकोप्टरले आज दिनभर कै उडान गर्ने छैनन् ।

हेलिकोप्टरहरुले आज कुनै व्यावसायिक उडान नगरेपनि आकस्मिक सेवा आइपरेको खण्डमा भने उडान गर्ने सोसाइटीले जनाएको छ ।

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, फागुन १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्