नेपालको अर्थतन्त्रलाई उकास्न कृषि उत्तम विकल्प : पौडेल
काठमाडाैं, चैत २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषिमात्र उत....

काठमाडाैं, चैत २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषिमात्र उत्तम विकल्प भएको बताएका छन्।
शुक्रबार फेसबुक लाइभमा आफ्नो धारणा राख्दै पाैडेलले नेपालको अर्थतन्त्रका आधारहरु उर्जा, पर्यटन र कृषिमध्ये उर्जा र पर्यटनको सम्भावना कोरोनाका कारण न्यून भएकाले कृषिमात्र विकल्प भएको बताएका हुन्। उनले कृषिको विस्तारले मुलुकको आयात र रेमिट्यान्स प्रतिस्थापन गर्ने भएकाले अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताए।
पौडेलले कृषिमा क्रान्ति ल्याउन कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रचार तथा बजारलाई विस्तार गरेर बिचौलियाको राज अन्त्य गर्न जरुरी भएको बताए। उनले नेपालका उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरी जग्गाको उपयोग गर्नुपर्ने बताए।
पौडेलले लकडाउनकाोअवस्थामा पनि कृषि उपजलाई बजारमा पठाउन रोक नलगाउन समेत आग्रह गरे। पौडेलले किसानको उत्पादन नष्ट हुने तर बजारको अभावलाई अन्त्य गर्न लकडाउनमा पनि कृषि उपजलाई बजारमा ल्याउने व्यवस्था गर्न माग गरे।
नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिनुपर्ने बताए। उनले जनताको सेवा र जनतालाई टेवा दिन सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
