Kathmandu Press

एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपिएफ पराजित

पहिलो पटक एएफसी च्याम्पियन्स लिग खेलिरहेको एपिएफ उज्वेकिस्तानको नासाफसँग १–० ले पराजित भयो। 
एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपिएफ पराजित

काठमाडौं, भदौ ९ : एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपिएफ क्लब पराजित भएको छ। 

पहिलो पटक एएफसी च्याम्पियन्स लिग खेलिरहेको एपिएफ उज्वेकिस्तानको नासाफसँग १–० ले पराजित भयो। 

मलेसियाको कोता किनाबालुस्थित लिकास स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ४८औं मिनेटमा नासाफले अग्रता लियो। उसका लिलि लिबेर लरेन्सले गोल गरेकी थिइन्। 

त्यसपछि थप गोल नहुँदा एपिएफ १–०ले पराजित भयो। 

एपिएफले अधिकांश राष्ट्रिय टिमका खेलाडीलाई टिममा राखेको थियो। तर, नतिजा भने सोचेजस्तो निकाल्न सकेन्।

समूह सीमा रहेको एपिएफले अब दोस्रो खेल मलेसियाको सबाह क्लबसँग खेल्ने छ। खेल बुधबार हुनेछ। 

३ टिम रहेको समूहको शीर्ष स्थानमा रहने टिमले च्याम्पियन्स लिग खेल्ने छ। यो हारले एपिएफलाई च्याम्पियन्स लिग खेल्न कठीन भएको छ। 

प्रकाशित मिति: २१:३१ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्