Kathmandu Press

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कृष्ण रिजाललाई दिइने

एक लाख रुपैयाँ राशीको यो पुरस्कार डा. हरिहरदेव पन्त फाउन्डेसनले पन्तको नवौं वार्षिक पुण्य स्मृति दिवसको अवसरमा २१ भदौमा रिजाललाई प्रदान गर्ने छ। 
डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कृष्ण रिजाललाई दिइने

काठमाडौं, भदौ ९ : यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार लामो समयदेखि आर्थिक क्षेत्रमा कमल चलाइरहेका कृष्ण रिजाललाई दिइने भएको छ। 

लघुवित्तका पिताका नामले चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना पुरस्कार रिजाललाई दिने निर्णय गरेको हो। 

एक लाख रुपैयाँ राशीको यो पुरस्कार डा. हरिहरदेव पन्त फाउन्डेसनले पन्तको नवौं वार्षिक पुण्य स्मृति दिवसको अवसरमा २१ भदौमा रिजाललाई प्रदान गर्ने छ। 

एक दशक बढीदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका रिजाल नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख हुन्। 

फाउन्डेसनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: २०:२९ बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्