भारतमा बस दुर्घटनामा घाइते बाराको एउटै गाउँका
४३ जना नेपाली तीर्थयात्री बोकेको आईतबार बिहान बिहारको समस्तीपुरमा दुर्घटना हुँदा ३५ जना घाइते भएका थिए।
वीरगञ्ज, भदौ ९ : भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा घाइते भएका नेपाली बाराको एउटै गाउँका रहेको खुलेको छ।
४३ जना नेपाली तीर्थयात्री बोकेको आईतबार बिहान बिहारको समस्तीपुरमा दुर्घटना हुँदा ३५ जना घाइते भएका थिए।
घाइते सबै बाराको बारगढी गाउँपालिका वडा नम्बर, ३ मुर्तिपलिया टोलका रहेको बारा प्रहरीले जनाएको छ । बाबाधाम यात्रामा हिंडेका उनीहरु दुर्घटनामा परेका हुन्।
बिहारको समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा पछाडिबाट ट्रकले ठक्कर दिँदा बस दुर्घटना भएको थियो।
दुर्घटनामा परी दस जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको उपचार भइरहेको छ।
प्रकाशित मिति: १९:३८ बजे, आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1774939254.jpg)

