Kathmandu Press

राखेपाद्वारा दुई मुख्य प्रशिक्षक नियुक्त, भलिबलमा भट्ट र तेक्वान्दोमा योन्जन 

राखेपले भलिबलको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमक प्रशिक्षक जगदीश भट्टराई नियुक्त गरेको छ। यस्तै, तेक्वान्दोमा पूर्ण योन्जन मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। 
राखेपाद्वारा दुई मुख्य प्रशिक्षक नियुक्त, भलिबलमा भट्ट र तेक्वान्दोमा योन्जन 

काठमाडौं, भदौ ९ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मुख्य प्रशिक्षक नियुक्त गरेको छ। 

राखेपले भलिबलको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमक प्रशिक्षक जगदीश भट्टराई नियुक्त गरेको छ। यस्तै, तेक्वान्दोमा पूर्ण योन्जन मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। 

भट्टकै प्रशिक्षणमा २ साताअघि घरेलु मैदानमा भएको काभा महिला नेसन्स लिग भलिबलमा नेपाल उपविजेता बनेको थियो। भट्ट २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका थिए। 

१८ वर्षदेखि राष्ट्रिय भलिबल टिमलाई प्रशिक्षण दिँदै आएका भट्टलाई राखेपाले  प्रज्वलमान सिंहको स्थानमा मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। सिंहले उमेरहदका कारण अवकास पाएका हुन्। 

यस्तै, तेक्वान्दोको मुख्य प्रशिक्षक नियुक्त भएका योन्जन २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका थिए।  हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायब वरिष्ठ प्रशिक्षक रहेका उनलाई नविन श्रेष्ठको स्थानमा मुख्य प्रशिक्षक बनाइएको राखेपाले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुवै जनालाई मुख्य प्रशिक्षकमा नियुक्ती दिएका हुन्। नियुक्ती पत्र बुझाउँदै घिसिङले सम्बन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गरेका छन्। 
 
प्रकाशित मिति: १९:०० बजे, आइतबार, भदौ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्