Kathmandu Press

रोटरी क्लब अफ काभ्रे भ्यालीमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति

कार्यसमितिमा रिकेश कायस्थ निवर्तमान अध्यक्ष, मनिषा श्रेष्ठ भावी अध्यक्ष तथा सचिव, संगिता मानन्धर र नविना वैद्य उपाध्यक्ष, पार्वती थापा कोषाध्यक्ष र वासुदेव अधिकारी सर्जेन्ट एट आम्रस छन्। 
रोटरी क्लब अफ काभ्रे भ्यालीमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति

काभ्रे, भदौ ९ : रोटरी क्लब अफ काभ्रे भ्यालीले रोटा वर्ष २०२४/२५ का लागि अशोक पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिमा रिकेश कायस्थ निवर्तमान अध्यक्ष, मनिषा श्रेष्ठ भावी अध्यक्ष तथा सचिव, संगिता मानन्धर र नविना वैद्य उपाध्यक्ष, पार्वती थापा कोषाध्यक्ष र वासुदेव अधिकारी सर्जेन्ट एट आम्रस छन्। 

निर्देशकहरुमा अनुप कुमार श्रेष्ठ द रोटरी फाउण्डेशन, श्री मानन्धर मेम्बरसिप, डा. प्रिया श्रेष्ठ इन्टरनेशनल सर्भिस, संगिता मानन्धर युथ सर्भिस, विदुर दाहाल पब्लिक रिलेसन, रिकेश कायस्थ क्लव एड्मिनिष्ट्रेसन र भीमप्रसाद वञ्जारा सर्भिस प्रोजेक्ट छन्।

4bb838e2-c0bb-41ac-a95b-f9516d098d06-1724577149.jpeg

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गर्भनर सञ्जय गिरी, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, एसिस्टेन्ट गर्भनर भुवन कुँवरको समुपस्थितिमा रोटरी क्लब अफ काभ्रे भ्यालीको चौथो पदस्थापन समेत गरिएको छ।

कार्यक्रममा रोटा वर्ष २०२३/२४ अध्यक्ष रिकेश कायस्थले अघिल्लो वर्ष रोटरी क्लब अफ काभ्रे भ्यालीले सम्पन्न गरेका कार्य विवरण प्रस्तुत गरे। रोटा वर्ष २०२४÷२५ का अध्यक्ष अशोक पाण्डेले आगामी वर्ष गरिने कार्यक्रमको प्रारुप प्रस्तुत गरे।

a56bfbb6-c30c-4a32-873c-6fad800e64eb-1724577149.jpeg

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गर्भनर सञ्जय गिरी, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, एसिस्टेन्ट गर्भनर भुवन कुँवर, रोटा वर्ष २०२४/२५ का अध्यक्ष अशोक पाण्डे, भावी अध्यक्ष एवं वर्तमान सचिव मनिषा श्रेष्ठ, उपाध्यक्ष संगिता मानन्धर, पब्लिक रिलेसन चेयर विदुर दाहाल, सर्भिस प्रोजेक्ट चेयर भीमप्रसाद वञ्जारा लगायतले रोटरीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए।

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, भदौ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्