Kathmandu Press

६ दिन यता भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं, चैत २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ दिन यता कोरोना संक्रमित नभेटिएको जनाएको छ। 

शुक्रबार आयोजित नियमित पत्रकार सम्म....

६ दिन यता भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं, चैत २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ दिन यता कोरोना संक्रमित नभेटिएको जनाएको छ। 

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमित नभेटिएको बताएका हुन्। उनले कोरोना प्रभावित सुदूरपश्चिमका जिल्लाका पाँच सय नमूना परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएको बताए।  

हालसम्म ३ हजार ५२४ जनाको परीक्षण भएको उनले जानकारी दिए। पछिल्लो २४ घण्टामा काठमाडौंमा ४०१ र काठमाडौंबाहिर २२९ गरी ६३० जनाको कोरोना परीक्षण भएको छ।
 
कोरोना प्रभावित जिल्ला कैलालीमा ३३९ जनाको, कञ्चनपुरमा १३७ जनाको, बाग्लुङमा १९ जनाको र कपिलवस्तुमा २१ जनाको  परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको देवकोटाले बताए।  ८ सय बढीको परीक्षण प्रक्रियामा रहेको उनले बताए।

डडेल्धुरा र डोटीमा करिब ६ सय जनाको नमूना संकलन भएको छ।  र्‍यापिड डायगोनिस्टिक टेष्ट (आरटिडी) विभिन्न जिल्लामा कोभिड–१९ को परीक्षणको भइरहेको छ। अहिले हरेक प्रदेशलाई पाँच हजारको दरले आरडीटी किट वितरण गरिएको छ।

यस्तै, विराटनगरमा समेत कोरोना परीक्षण सुरु भएको छ। कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशालामा परीक्षण सुरु भएको देवकोटाले बताए।

प्रकाशित मिति: १६:४९ बजे, शुक्रबार, चैत २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्