Kathmandu Press

धवनले लिए क्रिकेटबाट लिए सन्न्यास

भारतीय क्रिकेटकै सफल ओपनर मध्येका एक धवनलले भारतका लागि सबै फर्म्याटमा २६९ खेल खेल्दै २४ शतक प्रहार गरेका छन्। उनले १७ एकदिवसीय र ७ शतक प्रहार गरेका छन्।
धवनले लिए क्रिकेटबाट लिए सन्न्यास

काठमाडाैं, भदाै ८ : भारतीय ओपनर शिखर धवनले सन्न्यासको घोषणा गरेका छन्। ३८ वर्षीय धवनले शनिबार आफ्नो खेल जीवन टुंग्याउने घोषणा गरेका हुन्। 

समाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै धवनले सन्नयासको घोषणा गरेका हुन्। उनले भारतको जर्सीमा खेल्न पाउँदा गौरवान्वित महसु भएको उनले बताएका छन्।

‘जीवनमा अगाडि बढ्न पृष्ठ पल्टाउनु महत्वपूर्ण छ, त्यसैले म अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गर्दैछु,’ धवनले एक भिडियो सन्देशमा भनेका छन्, ‘मैले भारतको लागि यति लामो समय खेलेकोमा म मन शान्तीसँग छोड्दैछु। म आफूलाई सम्झाउँछु कि भारतको लागि अब नखेल्नेमा दुखी हुनु हुँदैन, तर आफ्नो देशको लागि खेलेकोमा खुसी हुनु पर्छ।’

Hardik ivf

आईपिएलको अघिल्लो सिजनको सुरुआती केही खेल खेलका थिए। त्यसपछि चोट बोकेपछि उनले क्रिकेट खेलेका छैनन्।

भारतीय क्रिकेटकै सफल ओपनर मध्येका एक धवनलले भारतका लागि सबै फर्म्याटमा २६९ खेल खेल्दै २४ शतक प्रहार गरेका छन्। उनले १७ एकदिवसीय र ७ शतक प्रहार गरेका छन्।

सन् २०१०मा भारतीय टिममा डेब्यू गरेका धवान एकदिवसीयमा ४० माथिको एभरेजमा  ५ हजार रन बनाउने उनी भारतका ८ ब्याट्सम्यान भित्र पर्छन्।

भारतका लागि उनले अन्तिम पटक सन् २०२२मा चटगाउँमा बंगलादेशविरुद्ध खेलेका थिए। उनले १६७ एकदिवसीय, ३४ टेस्ट र ६८ टि–२० आई खेलेका छन्।

ओपनिङकमा धवन र रोहित शर्माको जोडी खुबै जमेको थियो। यी दुईले अन्तर्राष्ट्रिय क्रिकटमा १८ शतक प्रहार गरेका छन्। यो भारतको चौथो सफल ओपनिङ जोडी हो।

उनी आईपिएलका पनि सफल ब्याट्सम्यान हुन्। पछिल्लो समय पञ्जाब किंग्सका कप्तानमा रहेका उनी आईपिएलमा सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा छन्। पञ्जावसहित दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, डेकन चार्जर्स, सनराइजर्स हैदरवादबाट २२२ खेल खेल्दै उनले ६७६९ रन बनाएका छन्। उनीभन्दा अघि विराट कोहली मात्र छन्। 

प्रकाशित मिति: १९:२५ बजे, शनिबार, भदौ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्