Kathmandu Press

भलिबल संघद्वरा काभा भलिबलमा सहभागी खेलाडीलाई सम्मान

काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरेर काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो।
भलिबल संघद्वरा काभा भलिबलमा सहभागी खेलाडीलाई सम्मान

काठमाडौं, भदौ ८ : नेपाल भलिबल संघ (एनभीए)ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरेर काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो।

Hardik ivf

माल्दिभ्समा सम्पन्न काभा यु–२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम ब्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको हो।

भुटानमा सम्पन्न काभाबीच भलिबलमा स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपेष विष्टलाई ४० हजार नगदसहित सम्मान गरेको हो। 

Photo-(3)-(3)-1724499854.JPG

यस्तै सोही प्रतियोगितामा रजत पदक जितेको पुरुष टिमका दुई खेलाडी मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई नगद ३० हजार प्रदान गरिएको छ। 

काठमाडौं सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजारसहित सम्मान गरिएको छ। उक्त प्रतियोगिताका प्रशिक्षक, टिम व्यवस्थापक र फिजियोलाई ८२ हजार नगद पुरस्कार प्रदान गरिएको छ।
काठमाडौंमा सम्पन्न काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै च्याम्पियन बन्न असफल भएको थियो।

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, भदौ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्