'समृद्ध नेपाल, सुखी नेपाली' को सारथी गुमाएँ : प्रधानमन्त्री
काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी र यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनबाट स्तव्ध....

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी र यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनबाट स्तव्ध भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत परिवारको सदस्य गुमाए झैं असह्य पीडा महशुस गरेको उल्लेख गरेका छ । उनले मन्त्री अधिकारी र शेर्पा ‘समृद्ध नेपाल र सुखी नेपाली’को सारथीका रुपमा रहेको बताएका छन् ।
यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पा ।
प्रधानमन्त्रीले लेखेका छन्, ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रुपमा आज मा. अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अब्बल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पासहित तेह्रथुमको चुहान डाँडामा नयाँ एयरपोर्टको सम्भाव्यता अध्ययनको लागि जानु भएको थियो ।
यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महशुस गरेको छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दछु । सरकार साथमा छ, हामी सबै साथ÷साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।’











