Kathmandu Press

यू–२० साफ : माल्दिभ्सलाई हराउँदै भारत समूह विजेता, नेपालले पायो भुटानलाई प्रतिद्वन्द्वी

शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा भाल्दिम्सलाई १–०ले हराउँदै भारत समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।
यू–२० साफ : माल्दिभ्सलाई हराउँदै भारत समूह विजेता, नेपालले पायो भुटानलाई प्रतिद्वन्द्वी

काठमाडाैं, भदाै ७ : भारत काठमाडौंमा जारी यू–२० साफ च्याम्पियनसिपमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा भाल्दिम्सलाई १–०ले हराउँदै भारत समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।

भारतले समूहमा दुवै खेल जित्यो। यो समूहबाट भुटान उपविजेताका रुपमा सेमिफाइनल पुग्दा अंकबिहीन बनेको माल्दिभ्स समूह चरणबाटै बाहिरियो।

योसँगै नेपालले सेमिफाइनलमा भुटानलाई प्रतिद्वन्द्वी पाएको छ। नेपाल समूह एको विजेता हो। 

यस्तै अर्को सेमिफाइनलमा भारतले समूह एको उपविजेता बंगलादेशसँग खेल्नेछ।

प्रकाशित मिति: २०:५५ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्