सशस्त्रका प्रहरी उपरीक्षक साहूविरुद्ध नक्कली प्रमाणपत्रको अभियोग
साहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बीए तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको दाबीसहित शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको हो।
काठमाडौं, भदौ ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक वीरसिंह साहूविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
साहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बीए तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको दाबीसहित शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको हो।
साहु सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीमा कार्यरत थिए।
अख्तियारले सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भइ लाभ, सुविधा लिई साविक भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुरुप सजायको माग गरेको छ।
प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1774939254.jpg)