Kathmandu Press

तनहुँमा राहतको नाममा कुहिएको चामल

तनहुँ, चैत २८ : बन्दीपुर गाउँपालिका ५ मा स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ।  वडा नं ५ ले कल्चोक क्षेत्रका केही घर....

तनहुँमा राहतको नाममा कुहिएको चामल
फाइल फोटो

तनहुँ, चैत २८ : बन्दीपुर गाउँपालिका ५ मा स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ।  वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ। चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीय बताउँछन्।

चामल तीनचार पटक पखाल्दा पनि कालो नगएको तथा एकदुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगुरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीय रेशम विकले बताए। गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले राहत वितरणका लागि वडालाई नै जिम्मा लगाइएको जानकारी दिँदै लापरवाही गर्नेलाई कारवाही गरिने चेतावनी दिए।

वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले  वडा सदस्यलाई सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी दिइएकाले चामल कस्तो प¥यो  भन्ने आफूले थाहा नभएको बताउँदै सडेगलेको चामल बिक्री गर्ने थोक बिक्रेतालाई कारवाही गरिने बताए। उनका अनुसार उक्त चामल फिर्ता गरी आजै अर्को  वितरण गर्न लागिएको छ।

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, चैत २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्