Kathmandu Press

तनहुँमा डेङ्गी सङ्क्रमित बढ्दै

स्वास्थ्य कार्यालय तनहँका अनुसार हालसम्म एक हजार तीन सय २३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जनाएको छ।
तनहुँमा डेङ्गी सङ्क्रमित बढ्दै

तनहुँ, ७ भदौ : तनहुँमा डेङ्गी सङ्क्रमितको संख्या बढ्दै गएको छ।

पछिल्लो ६ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालय तनहँले जनाएको छ। 

कार्यालयका अनुसार हालसम्म एक हजार तीन सय २३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जनाएको छ। 

स्वास्थ्य कार्यालय तनहुका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ। 

त्यस्तै शुक्लागण्डकीमा एक सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा सात, भीमाद र भानुमा पाँच/पाँच जनामा डेङ्गी पुष्टि भएको  छ।

१० स्थानिय पालिका रहेको जिल्लामा सात पालिकामा डेङ्गी सङ्क्रमण देखिएको कँडेलले बताए। 
 

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्