Kathmandu Press

‘एक्टरः टेक वान’को फर्स्ट लुकमा यस्तो देखिए प्रदीप

घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएको लुक्समा प्रदीप देखिएिका छन्। 
‘एक्टरः टेक वान’को फर्स्ट लुकमा यस्तो देखिए प्रदीप

काठमाडौं, भदौ ६ : फिल्म ‘एक्टरः टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन्।

पोस्टरमा प्रदीपका पाँच तस्बिर छन्। घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएको लुक्समा प्रदीप देखिएिका छन्। 

कात्तिक १५ गते रिलिज हुने फिल्ममा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा छिन्। 

राजन भुसालको निर्देशन रहेको फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डेलगायतको अभियन छ। लामो समयदेखि अमरिकामा बस्दै आएका राजबल्लभको यो कमब्याक फिल्म हो।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुति रहेको फिल्मलाई आकाश बराल र राजन भुसाल संयुक्त रुपमा लेखेका छन्। थमनकुमारी भण्डारीले निर्माण गरेको अष्टम महर्जनको द्वन्द्व रहेको छ भने हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत छ ।
 

प्रकाशित मिति: २०:२८ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्