देशभरकै उत्कृष्ट नगरपालिकाको सूचीमा तिलोत्तमा दोस्रो स्थानमा
निलकण्ठ नगरपालिकाले तिलोत्तमालाई ०.५० अंकले मात्रै पछि पारेको हो। निलकण्ठले १०० मा ९२.५० अंक पाउँदा तिलोत्तमाले ९२ अंक पायो। त्यस्तै तेस्रो भएको रत्ननगर नगरपालिकाले ९१.५० अंक पायो।काठमाडौं, भदौ ६ : देशभरकै उत्कृष्ट नगरपालिकाहरुको सूचीमा रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो स्थानमा परेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷०८० मा गरेको स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका नगरपालिकामध्य मुलुकभरकै दोस्रो उत्कृष्ट नगरपालिका घोषणा गरेको हो।
बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव भरतमणि सुवेदीले नगरपालिकामा धादिङको निलकण्ठ नगरपालिका पहिलो, तिलोत्तमा दोस्रो र चितवनको रत्ननगर नगरपालिका तोस्रो भएको घोषणा गरे।
निलकण्ठ नगरपालिकाले तिलोत्तमालाई ०.५० अंकले मात्रै पछि पारेको हो। निलकण्ठले १०० मा ९२.५० अंक पाउँदा तिलोत्तमाले ९२ अंक पायो। त्यस्तै तेस्रो भएको रत्ननगर नगरपालिकाले ९१.५० अंक पायो।
उत्कृष्ठ नगरपालिकाका प्रमुखहरूलाई सचिव सुवेदीले कार्यक्रममा सम्मान गरे। तिलोत्तमाबाट मन्त्रालयको सम्मान ग्रहण गर्न नगर प्रमुख रामकृष्ण खाण मन्त्रालयमा सहभागी भएका थिए।
सम्मानित भएपछि खाणले सम्मानले अझै जिम्मेवारी थपेको बताए। ‘देशभरका नगरपालिकामा दोस्रो उत्कृष्ठ हुँदा जिम्मेवारी झनै थपिएको छ,’ नगरप्रमुख खाणले भने, ‘अब थप संवेदनशील भएर नगरपालिकालाई अझै उत्कृण्ठ बनाउने दिशामा लागिपछौँ।’
नगरपालिका यो स्थानमा सामुहिक प्रयासले पुगेको बताउँदै नगरप्रमुख खाणले सम्मानको हकदार नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी भएको बताए।