त्रिविका वैशाख र जेठमा हुने सबै परीक्षा स्थगित
काठमाडौं, चैत २८ : त्रिभुवन विश्वविद्यालयले आगामी वैशाख र जेठमा हुने सबै परीक्षा स्थगित गरेको छ।
बिहीबार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले....

काठमाडौं, चैत २८ : त्रिभुवन विश्वविद्यालयले आगामी वैशाख र जेठमा हुने सबै परीक्षा स्थगित गरेको छ।
बिहीबार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशन गरि वैशाख र जेठमा सञ्चालन हुने सबै परीक्षा स्थगित गरिएको जनाएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबार बसेको बैठकले निर्णय गरेको पनि सूचनामा उल्लेख छ।
जसअनुसार, वैशाख र जेठमा सञ्चालन गरिने तय भएका विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस, र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा रोकिएका हुन्।
त्यस्तै, पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्राजुएट इन वुमन स्टडिजको नियमित तथा आंशिक परीक्षा पनि स्थगित गरिएका छन्।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ। यसअघि चैतमा सञ्चालन हुने परीक्षा पनि स्थगित गरिएको थियो।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
