परराष्ट्रमन्त्री डा.राणालाई कांग्रेस जनसम्पर्क समिति भारतको बधाई तथा शुभकामना
नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको पदाधिकारी टोलीले मन्त्री राणालाई भेटेर जनसम्पर्क समिति भारतका क्रियाकलापहरूका बारेमा जानकारी समेत गराएको थियो।काठमाडौं, भदौ ६ : भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई नेपाली कांग्रेस जनसम्पर्क समिति भारतले बधाई तथा शुभकामना प्रदान गरेको छ।
बिहीबार नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरूले परराष्ट्रमन्त्री डा. राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गरेका हुन्।
नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको पदाधिकारी टोलीले मन्त्री राणालाई भेटेर जनसम्पर्क समिति भारतका क्रियाकलापहरूका बारेमा जानकारी समेत गराएको थियो।
उक्त अवसरमा अध्यक्ष पाण्डेले मन्त्री डा.राणाको कार्यकालमा नेपाल भारत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । मन्त्री डा.राणाले नेपाली कांग्रेसको विचार र सिद्धान्तमा प्रतिबद्ध रहेर भारतमा रहेका नेपाली समुदायको हितमा काम गर्न र नेपाली कांग्रेसको सङ्गठनलाई प्रवासमा थप विस्तार गरी सशक्त बनाउन आग्रह गरेकी थिइन्।
मन्त्री राणा भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन्।
भारत भ्रमणकाक्रममा गत आइतबार नयाँ दिल्ली पुगेकी थिइन् । भारतमा रहँदा मन्त्री डा.राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस.जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन्।