Kathmandu Press

ओली र मोदीबीच टेलिफोन वार्ता, कोरोनाविरुद्धको सहकार्य सशक्त बनाइने

काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री ओलीले ट्वीट....

ओली र मोदीबीच टेलिफोन वार्ता, कोरोनाविरुद्धको सहकार्य सशक्त बनाइने
फाइल फोटो

काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको बताएका हुन्।

उनले लकडाउनका कारण नेपाल र भारतीमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा छलफल भएको बताएका छन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन्।

वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राखेर थप सहज तथा सुचारु राख्न छलफल भएको उनले बताएका छन्। साथै भारत सरकारले उपलब्ध गराएको औषधी लगायतको सहयोगतका लागि प्रधामनन्त्री ओलीले मोदीलाई धन्यवाद समेत दिएका छन्।

प्रकाशित मिति: १३:३४ बजे, शुक्रबार, चैत २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्