Kathmandu Press

मकवानपुरमा भैंसीसँग जुध्दा बाघको मृत्यु

जस्ताको छानो भएको राईको गोठमा रहेको भैंसीसँग जुध्दा बाघको मृत्यु भए जस्तो देखिएको पर्सा वन्यजन्तु आरक्षण सुराक्षार्थ खटिएको नेपाली सेनाको टोलीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरमा भैंसीसँग जुध्दा बाघको मृत्यु
फाइल तस्बिर।

मकवानपुर, भदौ ६ : मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ। 

बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको भैंसी गोठमा बाघ मृत फेला परेको हो।

जस्ताको छानो भएको राईको गोठमा रहेको भैंसीसँग जुध्दा बाघको मृत्यु भए जस्तो देखिएको पर्सा वन्यजन्तु आरक्षण सुराक्षार्थ खटिएको नेपाली सेनाको टोलीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गोठमा रहेको भैंसीलाई पनि थोरै चोट लागेको तर अवस्था सामामन्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उक्त स्थानमा बाघलगायत जंगली जनावरको आक्रमणले बेला-बेलामा क्षति हुने गरेको छ।
 

प्रकाशित मिति: ११:०० बजे, बिहीबार, भदौ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्