Kathmandu Press

सामान्य अंकले बढ्यो नेप्से

आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ।
सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, भदौ ५ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ।  बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २८६८.४४बिन्दु कायम भएको छ।

आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ ०.५९, विकास बैंक ०.७२, वित्त ४.९९, लगानी ०.१२ र अन्य समूह ०.१८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। 

होटल तथा पर्यटन १.०३, जलविद्युत् ०.७५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४१ र लघुवित्त ०.५४ प्रतिशतले घटेको छ। त्यसैगरी, म्युचुअल फन्ड ०.६४, निर्जीवन बीमा ०.६८ र व्यापार समूह ०.०९ प्रतिशतले घटेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६६ करोड दुई लाख ३९ हजार बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्या आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार एक सय ३० कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्