Kathmandu Press

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै छानविनको माग

पाठेघरको बायोप्सीका लागि एनेस्थेसिया सुई लगाएपछि बेहोस् अवस्थामै राति ९ बजे विरामीको मृत्यु भएको थियो।
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै छानविनको माग
फाइल तस्बिर।

चितवन, भदौ ५ : भरतपुर अस्पतालमा पाठेघरको उपचार गर्न गएकी एक महिलाको मृत्यु भएपछि चिकित्सकको लापरबाही गरेको बताउदै आफन्तले छानविनको माग गरेका छन्।

भरतपुरको मुनालचोकमा बस्दै आएकी ३९ वर्षीया सम्झना काफ्लेको उपचारकाक्रममा मंगलबार राती मृत्यु भएको थियो। 

Hardik ivf

पाठेघरमा मासु पलाएपछि शल्यक्रियाका लागि मङ्गलबारै उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको जनाइएको छ। पाठेघरको बायोप्सीका लागि एनेस्थेसिया सुई लगाएपछि बेहोस् अवस्थामै राति ९ बजे विरामीको मृत्यु भएको थियो।

काफ्लेको आइसियुमा राखेर उपचार भइरहेको बताउँदै आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानविन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। आईसियुमा उपचारका क्रममा मृत्यु भएपछि छानविन समिति बनाउन माग गरेका छन्। 

प्रकाशित मिति: १४:५५ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्