प्रधानमन्त्रीसँग पीपीई माग गरेका डाक्टरकाे कोरोनाबाट मृत्यु
काठमाडौं, चैत २८ : कोरोना भाइरसको महामारी फैलिएपछि फ्रन्टलाइनमा काम गर्ने डाक्टरलगायत स्वास्थ्यकर्मीले एउटै माग छ, पीपीई।
स्वास्थ्यकर्मीले प....

काठमाडौं, चैत २८ : कोरोना भाइरसको महामारी फैलिएपछि फ्रन्टलाइनमा काम गर्ने डाक्टरलगायत स्वास्थ्यकर्मीले एउटै माग छ, पीपीई।
स्वास्थ्यकर्मीले पीपीईको अभाव झेलिरहेका बेला बेलायतका एक डाक्टरले स्वास्थ्यकर्मीको ज्यान जान सक्ने र संक्रमण झन फैलिन उल्लेख गर्दै प्रधानमन्त्रीसँग पीपीई माग गरेका थिए। उनै चिकित्सक डा.अब्दुल मबुद चौधरीको कोरोना भाइरसबाट मृत्यु भएको छ। उनी कोरोना भाइरसको संक्रमण भएको बिरामीको उपचारमा संलग्न थिए।
५३ वर्षीय डा.चौधरी बेलायतको पूर्वि लन्डनस्थित होमटन हस्पिटलमा कार्यरत थिए। कोरोना भाइरसका बिरामीको उपचारका क्रममै उनलाई पनि संक्रमण भएको थियो।
डा.चौधरीको बुधबार उपचारका क्रममै मृत्यु भएको जनाएको छ। उनी सिकिस्त बिरामी भएपछि १५ दिन अघि क्वीन इलाजाबेथ हस्पिटल भर्ना भएका थिए। उनी ३० वर्ष अघि बंगालदेशबाट बेलायत गएका थिए। उनका श्रीमती र दुई सन्तान छन्।
डा.चौधरीले मृत्यु हुनुभन्दा तीन साता अघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई स्वास्थ्यकर्मीका लागि पीपीई उपलब्ध गराउन फेसबुकमार्फत आग्रह गरेका थिए। जसमा उनले प्रधानमन्त्री जोनसनलाई मेन्सन गरेका थिए। उनले बेलायतमा रहेका प्रत्येक स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराउन आग्रह गरेका थिए।
अहिले बेलायती प्रधानमन्त्री जोनसनमा पनि कोरोनाबाट बिरामी भएका छन्। उनको पनि उपचार भइरहेको छ। डा.चौधरीले भनेका थिए, हामी पनि मान्छे हौं। अरु मान्छेजस्तै हाम्रो पनि बाच्न पाउने मानवअधिकार छ। रोगमुक्त भएर बालबालिका र परिवारसँगै बाच्न पाउने अधिकारी छ।
तर, उनै डा.चौधरीले परिवार तथा बालबालिकालाई भेट्न पाएनन्। उपचारका क्रममै बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो। उनीजस्तै पीपीईको अभावमा कोरोनाको उपचारमा संलग्न थुप्रै स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन्। बेलायतमा पनि पाँच जना डाक्टरको मृत्यु भएको जनाएको छ।
कोरोनाले बेलायतमा पनि महामारीको रुप लिएको छ। अहिलेसम्म ७५ हजार ७७ जना बिरामी भएका छन्। जसमा सात हजार नौ सय ७८ जनाको मृत्यु भएको छ।











