Kathmandu Press

फोडेनले जिते पिएफए वर्ष खेलाडी अवर्डा

अघिल्लो सिजन सिटीलाई लागतार चौथो पटक प्रियिमर लिग उपाधि दिलाउन फोडेनले उत्कृष्ट प्रदर्शन गरेका थिए। अघिल्लो सिजन उनले २६ गोल र १२ असिस्ट गरेका थिए।
फोडेनले जिते पिएफए वर्ष खेलाडी अवर्डा

काठमाडाैं, भदाै ५ : म्यानचेस्टर सिटीका युवा विंगर फिल फोडेन पीएफए वर्ष खेलाडी बनेका छन्। 

यो अवार्ड प्रोफेसनल फुटबलर्स एसोसियसन प्रत्येक वर्ष लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी दिनेगर्छ।

अघिल्लो सिजन सिटीलाई लागतार चौथो पटक प्रियिमर लिग उपाधि दिलाउन फोडेनले उत्कृष्ट प्रदर्शन गरेका थिए। अघिल्लो सिजन उनले २६ गोल र १२ असिस्ट गरेका थिए।

यो अवार्डका लागि चेल्सीका कोल पाल्मर, सिटीकै अर्लिङ हालान्ड, एस्टन भिल्लाका ओली वाट्किन्स र आर्सनलका मार्टिन ओडेगार्ड पनि दाबेदारका रुपमा थिए।

अवार्ड जितेपछि फोडेनेले एकदमै विशेष भएको बताउँदै एकदमै गौरवान्वित महसुस भएको बताएका छन्। फोडेनले प्रियिमर लिग प्लेयर अफ दी इयर अवार्ड पनि जितेका थिए। 

यस्तै पिएफए वर्ष युवा खेलाडी चेल्सीका कोल पाल्मरले जितेका छन्। उनले अघिल्लो सिजन चेल्सीमा डेब्यू गर्ने २२ गोल गरेका थिए।

सन् २००९–१० यता पहिलो पटक पिएफएको दुवै अवार्ड इंग्लिस खेलाडी जितेका हुन्। 

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्