Kathmandu Press

विश्वरामको नयाँ गीत ‘बाँच्नै दिएन’ सर्वाजनिक [भिडियाे]

गीतमा पुरण रावतको शब्द, सुवास कार्कीको संगीत रहेको छ। विशाल निरौलाले संगीत संयोजन गरेको गीतमा रञ्जन राईले मिक्सिङ र मास्टरिङ छ। 
विश्वरामको नयाँ गीत ‘बाँच्नै दिएन’ सर्वाजनिक [भिडियाे]

काठमाडौं, भदौ ४ : गायक विश्वराम कार्कीले नयाँ गीत ‘बाँच्नै दिएन’ ल्याएका छन्। भिडियो गायक विश्वरामको आफ्नै युट्युब च्यालन ‘विश्वराम कार्की’बाट सार्वजनिक भएको हो।

गीतमा पुरण रावतको शब्द, सुवास कार्कीको संगीत रहेको छ। विशाल निरौलाले संगीत संयोजन गरेको गीतमा रञ्जन राईले मिक्सिङ र मास्टरिङ छ। 

अलंकार स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई विशाल नेपालीले निर्देशन गरेका छन्।  भिडियोमा निगम राई, रोशन तामाङ, निद्रमण घलान, प्रतिमा राजघताने र जोन सन्जोग फिचर्ड छन्। 

दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन, कलरिङ गरेका हुन्।

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, भदौ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्