Kathmandu Press

कोरोना कोषमा कांग्रेस सांसदको १५ दिनको पारिश्रमिक जम्मा

काठमाडौं, चैत २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक दिएका छन्।....

कोरोना कोषमा कांग्रेस सांसदको १५ दिनको पारिश्रमिक जम्मा

काठमाडौं, चैत २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक दिएका छन्।

कांग्रेस संसदीयले आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ। कोषमा सहयोग गर्ने यसअघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद् सचिवालयलाई पत्राचार गरेको हो।

संघीय संसद् सचिवालयले कांग्रेस संसदीय दलको पत्रअनुसार रकम कट्टा नर्गे प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, चैत २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्