Kathmandu Press

‘कार्साङ’को छायांकन सकियो

फिल्ममा अभिनेता दयाहाङ राई, नवअभिनेत्री सिर्जना निङ्लेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पालगायतका अभिनय छ।
‘कार्साङ’को छायांकन सकियो

काठमाडौं, भदौ ४ : यम शेर्पाको निर्देशन गरेको फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ। फिल्मको छायांकन २२ दिनमा सकिएको हो। 

फिल्मका दृश्य सिन्धुपाल्चोकको बाह्रबिसे, भोटेकोसी क्षेत्रमा खिचिएको छ। सम्पूर्ण टिमले मेहनत गरेकाले छायांकन समयमै सकिएको निर्देशक शेर्पाले बताए।

फिल्म यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्ममा अभिनेता दयाहाङ राई, नवअभिनेत्री सिर्जना निङ्लेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पालगायतका अभिनय छ।

सामाजिक कथावस्तुमा निर्माण भएको फिल्ममा निर्देशक शेर्पाकै कथा, पटकथा तथा संवाद रहेको छ। यो उनको डेब्यू निर्देशकीय फिल्म हो।

छायाँकार पुरूषोत्तम प्रधानले निर्माण गरेको फिल्ममा उनकै डिओपी छ। फिल्मको देशभर वितरणको जिम्मा आरआर फिल्म्सले पाएको छ। 
 

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, भदौ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्