तीन दिनसम्म जडान नै भएन् कोरोना परीक्षण मेसिन
धनगढी, चैत २८ : कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि तत्काल धेरैभन्दा धेरैको परीक्षण गर्न काठमाडौंबाट सेनाको हेलिकप्टरमा आरटीपीसीआर मेसिन धनगढी पठाएको ....

धनगढी, चैत २८ : कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि तत्काल धेरैभन्दा धेरैको परीक्षण गर्न काठमाडौंबाट सेनाको हेलिकप्टरमा आरटीपीसीआर मेसिन धनगढी पठाएको थियो। तर, तीन दिनसम्म जडान नै भएको छैन।
धनगढीमा दोस्रो चरणको संक्रमण देखिएपछि सरकारले व्यापक रुपमा परीक्षण गर्ने निर्णय गरेको थियो। तर, धनगढी प्रादेशिक अस्पतालमा दिनमा १० जनाको मात्रै परीक्षण गर्ने मेसिन रहेको थियो।
त्यसैले काठमाडौंबाट केन्द्रीय पशुपंक्षी अन्वेशण प्रयोगशालाको मेसिन धनगढी पठाएको थियो। नेपाली सेनाको हेलिकप्टरबाट बुधबार बिहान धनगढी लगिएको थियो।तत्काल प्रयोगमा ल्याउन लगिएको आरटीपीसीआर मेसिन शुक्रबारसम्म जडान नै गरिएको छैन। मेसिन जडान गर्न आवश्यक अन्य सामान नभएपछि रोकिएको जनाएको छ।
यो मेसिन धनगढीको पशु रोग निदान तथा अन्वेषण प्रयोगशालाको भवनमा राख्ने तयारी गरिएको छ। यसमा संलग्न विज्ञ सुनिलप्रसाद लेखकले केही सामान ल्याउन ढिलाइ भएकाले जडान गर्न नसकिएको बताए। यो जडानका लागि आवश्यक सामानको लिस्ट बनाएर प्रदेश सरकारलाई बुझाएको उनको भनाइ छ। ति सामान आउने वितिक्कै जडान हुने उनले बताए।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सामान खरिद गर्न सकेको छैन। काठमाडौंबाटै सबै सामान नआएकाले समस्या भएको जनाएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सामानको खोजी भइरहेको बताए।
धनगढीमा पाउन मुस्किल भएकाले ढिलाइ भएको बताए। सामान खोजिरहेका छौं, सबै सामान यता नपाइदो रहेछ, त्यसैले ढिलाइ भएको छ, उनले भने।
स्वास्थ्य महाशाखाले विद्युत लाइन जडान तथा फर्निचरको व्यवस्थापन गरिसकेको जनाएको छ। आवश्यक अन्य स्थानीय स्तरमा गरिने सबै तयारी गरिएको मन्त्रालयको भनाइ छ।
काठमाडौंबाट आवश्यक सामानबिना नै मेसिन पठाउन जडानमा समस्या देखिएको जनाएको छ। यो मेसिन जडान भएपछि दैनिक ९० देखि ९५ वटा नमुना परीक्षण गर्न सकिनेछ।
अहिले कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा शंकास्पद व्यक्तिको स्वाबको नमुना संकलन भइरहेको छ। अहिलेसम्म एक हजार दुई सय ५५ व्यक्तिको नमुना संकलन गरिएको जनाएको छ। जसमध्ये एक सय ८७ को नमूना ‘नेगेटिभ‘ आएको छ। अन्यको परीक्षण हुन बाँकी रहेको छ।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
