दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए।
हुम्ला, भदौ ४ : सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ।
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उनी सख्त घाइते भएका थिए।
नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ।
गत स्थानीय तह निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा निर्वाचत भएका थिए।
प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार