पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।नवलपरासी, भदौ ४ : बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।
जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो। पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।
वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताए।
कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैंडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन्।
प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीआरआईमा ऋण होइन, अनुदान लिने हो : देउवासोमबार, मंसिर १०, २०८१
मन्त्री सिंहले गरे नेपाल–कोरियामैत्री अस्पतालको भवन शिलान्याससोमबार, मंसिर १०, २०८१
रुकुम पश्चिममा छोराद्वारा आफ्नै बुबाको हत्यासोमबार, मंसिर १०, २०८१
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग छलफलसोमबार, मंसिर १०, २०८१