Kathmandu Press

लकडाउनले रोकियो रातो मच्छिन्द्रनाथको रथ जात्रा

ललितपुर, चैत २८ : लकडाउनका कारण चर्चित रातो मच्छिन्द्रनाथको रथ जात्रा रोकिएको छ। गुठी संस्थान, ललितपुर र ज्यापु समाज यलले तत्कालका लागि रथ यात्राकाे क....

लकडाउनले रोकियो रातो मच्छिन्द्रनाथको रथ जात्रा
फाइल फाेटाे

ललितपुर, चैत २८ : लकडाउनका कारण चर्चित रातो मच्छिन्द्रनाथको रथ जात्रा रोकिएको छ। गुठी संस्थान, ललितपुर र ज्यापु समाज यलले तत्कालका लागि रथ यात्राकाे काम रोक्ने निर्णय गरेको जनाएको छ।

रातो मच्छिन्द्रनाथको आज रथ निर्माण सुरु गर्ने दिन हो। बिहीबार मच्छिन्द्रनाथलाई विधिपूर्वक स्नान गराउने प्रचलन रहेको छ। रातो मच्छिन्द्रनाथलाई स्नान गराएको भोलिपल्टदेखि रथ निर्माण सुरु गरिँदै आएको थियो।

यो वर्ष भने कोरोना भाइरस संक्रमण हुनसक्ने भएकाले सरकारले लकडाउन गरेको छ। जसले गर्दा रथ जात्रा रोक्नु परेको यसको आयोजना गर्ने ज्यापु समाज यलले जनाएको छ।

ज्यापु समाज यलका अध्यक्ष चन्द्र महर्जन र गुठी संस्थान, ललितपुरका प्रमुख राजन भुजुले प्रेस विज्ञप्ति जारी गरि अहिलेलाई रातो मच्छिन्द्रनाथको रथ जात्रा रोकिएको जनाएका छन्।

उनीहरुले लकडाउन अन्त्य भएपछि क्षमा पूजा गरेर पुनः रथ निर्माण सुरु गरिने जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारको नीति निर्देशन अनुसार, लकडाउनको समाप्तिसँगै विधिवतरुपमा क्षमा पूजा गरि रथ निर्माण कार्य सुभारम्भ हुने व्यहोरा अवगत गराउँदै सम्बन्धित सबै पक्षलाई जानकारीको लागि यो संयुक्त विज्ञप्ति जारी गरिएको छ।'

रातो मच्छिन्द्रनाथको रथ जात्रा परापूर्वकालदेखि मनाइँदै आएको छ। यो सबैभन्दा लामो समय रहने जात्रा पनि हो।

प्रकाशित मिति: १०:०३ बजे, शुक्रबार, चैत २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्