Kathmandu Press

ललितपुरको कुम्मेश्वरमा आगलागी

ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार बज्राचार्यको तीन तले घरमा लागेको आगो नियन्त्रणमा आएको छ।
ललितपुरको कुम्मेश्वरमा आगलागी

ललितपुर, भदौ ३ : ललितपुरको कुम्मेश्वरस्थित एउटा  घरमा आगलागी भएको छ। कुम्मेश्वर बंगलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा आज आगलागी भएको हो। 

ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार बज्राचार्यको तीन तले घरमा लागेको आगो नियन्त्रणमा आएको छ। आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौँका ६ दमकल प्रयोग गरिएको थियो। ‘क्षतिको एकीन विवरण आइसकेको छैन,’ उनले भने।

ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ग्यास लिक भएर आगलागी भएको जानकारी दिए। सो क्षेत्रमा आज मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास चुहिएर आगलागी भएको हुनसक्ने उनको भनाइ छ। 

प्रकाशित मिति: १४:२४ बजे, सोमबार, भदौ ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्