संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछानेको राजीनामा स्विकृत
उपकुलपति लामिछानेले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेको भन्दै २७ साउनमा राजीनामा दिएका थिए।
काठमाडौं, भदाै २ : नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेले पदबाट दिएको राजीनामा स्विकृत भएको छ।
उपकुलपति लामिछानेले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेको भन्दै २७ साउनमा राजीनामा दिएका थिए। राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आइतबार स्वीकृत भएको हो।
लामिछानेले आफू नियमित डाक्टरको निगरानीमा बस्नुपर्ने भएकाले राजीनामा दिनुपरेको बताएका छन्। उनले कार्यकाल एक महिना बाँकी छँदा राजिनामा दिएका हुन्।
प्रकाशित मिति: २०:५७ बजे, आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












