मन्त्री अधिकारीसहित सातै जनाको शव बोकेर उड्यो हेलिकप्टर
सुकेटार, फागुन १६ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव बोकेर नेपाली सेनाको हेलिकप्टर सुकेटार विमानस्थलब....
सुकेटार, फागुन १६ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव बोकेर नेपाली सेनाको हेलिकप्टर सुकेटार विमानस्थलबाट उडेको छ ।
केहीबेर अघि नेपाली सेनाको हेलिकप्टर शव बोकेर सुकेटार विमानस्थलबाट काठमाडौंका लागि उडेको हो । वर्षा तथा हिमपातका कारण शव पठाउन ढिलाइ भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा हुने छ ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे र हेलिकप्टरका पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।






