Kathmandu Press

लेभरकुसनले जित्यो जर्मन सुपर कप 

शनिबार राति भएको फाइनलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको लेभरकुसनले स्टुटगार्डलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उपाधि जितेको हो। 
लेभरकुसनले जित्यो जर्मन सुपर कप 

काठमाडाैं, भदाै २ : जाभी ओलन्सोको प्रशिक्षणमा बायर लेभरकुसनले तेस्रो उपाधिका रुपमा डिएफएल सुपर कप उपाधि जितेको छ। शनिबार राति भएको फाइनलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको लेभरकुसनले स्टुटगार्डलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उपाधि जितेको हो। 

ओलन्सोको प्रशिक्षणमा लेभरकुसनले अघिल्लो सिजन अपराजित रहँदै बुन्डेस लिगा र डिएफएल पोकल उपाधि जितेको थियो। अघिल्लो लेभरकुसनले युरोपा लिग फाइनलमा एन्ट्लान्टासँग मात्र पराजित भएको थियो।

Hardik ivf

निर्धारित समयको खेल २–२को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा लेभरकुसनका प्याट्रिक सिक, अलेजान्द्रो गिर्मार्डो, एलेक्स गार्सिया र इडमोन्ड टाप्सोबाले गोल गरेका थिए। 

स्टुटगार्डका इन्जो मिल्लोट, इर्मदिन डेमिरोभिच र डेनिज उन्डावले मात्र गोल गर्न सके। उसका फ्रान्स क्राटजिगको प्रहार लेभरकुसनका किपरले रोकेका थिए भने सिलासको प्रहार बारबाट माथि गएको थियो।

त्यसअघि निर्धारित समयमा अग्रता लेभरकुसनले लियो। ११औं मिनेटमा भिक्टर बोनिफेसले गोल गर्दै टिमलाई अग्रता दिलाए। १५औं मिनेटमा इन्जो मिल्लोटले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए। 

तर, ३७औं मिनेटमा १० खेलाडीमा समेटिएपछि लेभरकुसन दबाबमा आयो। उसका मार्टिन टेरियरले खराब ट्याकल गरेपछि सिधै रातोकार्ड पाएका थिए। 

त्यसको फाइदा उठाउँदै ६३औं मिनेटमा स्टुटगार्डले खेलमा अग्रता लियो। उसका लागि उन्डावले गोल गरेका थिए। तर, ८८औं मिनेटमा गिर्मेडोको पासमा सिकले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए। 

प्रकाशित मिति: १२:१३ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्