Kathmandu Press

युवालाई खकुरी प्रहार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ 

बाँकेको विनौना निवासी सन्दीप विष्ट र सुलभ मल्ललाई चक्रे मिलन समूहमा आबद्ध वडा अध्यक्ष वलीसहित करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।
युवालाई खकुरी प्रहार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ 

दाङ, भदौ २ : बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली पक्राउ परेका छन्।

बाँकेको विनौना निवासी सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा वडाध्यक्ष वली पक्राउ परेका हुन्।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विष्ट र मल्ललाई उपचारका लागि भारतको लखनउ लगिएको बाँके प्रहरीलले जनाएकाे छ। 

चक्रे मिलन समूहमा आबद्ध वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटा लगायत करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।

एमालेबाट वडा अध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:०४ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्