Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।
परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

काठमाडौं, भदौ २ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पाँच दिने भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन्।

परराष्ट्रमन्त्री डा. राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

Hardik ivf

भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन्। सो अवसरमा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुनेछ। 

साथै उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको तयारीबारे छलफल गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराउन पहल पनि गर्ने बताइएको छ।

उनी भदाै ६ गते स्वदेश फर्कनेछिन्।

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्