Kathmandu Press

प्रिमियर लिगमा आर्सनल, लिभरपुल र एस्टन भिल्ला विजयी

आर्सनलले वुल्भ्स, लिभरपुलले इपस्विच टाउन र एस्टन भिल्लाले वेस्टह्यामलाई हराउँदै लिगमा विजयी सुरुआत गरेका छन्। 
प्रिमियर लिगमा आर्सनल, लिभरपुल र एस्टन भिल्ला विजयी

काठमाडाैं, भदाै २ : इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा आर्सनल, लिभरपुल र एस्टन भिल्लाले विजयी सुरुआत गरेका छन्। 

शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले वुल्भ्समाथि २–०को जित निकाल्यो। उसका लागि काइ हाभर्ट्ज र बुकायो साकाले गोल गरे। उसले दुवै हाफमा गोल गरेको थियो।

२५औं मिनेटमा साकाको पासमा हाभर्ट्जले जगोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–०को अग्रता लिएको आर्सननले ७४औं मिनेटमा अग्रता दोब्बर बनायो। उसका साकाले हाभर्ट्जको पासमा गोल गरेका थिए। 

Hardik ivf

यस्तै, अर्को खेलमा लिभरपुलले नवप्रवेशी क्लब इपस्विच टाउनमाथि २–०कै जित निकाल्यो। उसका लागि मोहम्मद सालाह र डिएगो जोटाले गोल गरेका थिए।

लिभरपुलले दुवै गोल दोस्रो हाफमा ५ मिनेट अन्तरमा गरेको थियो। ६०औं मिनेटमा जोटाको गोलमा लिभरपुलले अग्रता लियो। उनले सलाहको पासमा गोल गरेका थिए। ६५औं मिनेटमा सलाहले अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा लिभरपुल विजयी भयो।

शनिबार राति नै भएको अर्कोे खेलमा एस्टन भिल्लाले वेस्टह्यामलाई हरायो। वेस्टह्यामको मैदानमा भएको खेलमा भिल्लाले २–१को जित निकाल्यो।

चौथो मिनेटमै ओमाडोउ ओनानाको गोलका भिल्लाले अग्रता लियो। यसै सिजन एभर्टनबाट भिल्ला आएका ओनानाले डेब्यू खेलमा गोल गरे। तर, ३७औं मिनेटमा वेस्टह्यामले खेलालाई बराबरीमा ल्यायो। उसका लुकास पक्वेटाले प्राप्त पेनाल्टीमा गोल गरेका थिए।

तर, ७९औं मिनेटमा जोन डुरानले गोल गर्दै भिल्लालाई पुनः अग्रता दिलाए। उनले ज्याकोब राम्सीको पासमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा भिल्ला विजयी भयो।

प्रिमियर लिगकै अन्य खेलमा न्युकासल युनाइटेडले साउथ ह्याम्पटनलाई १–०ले हराउँदा ब्राइटनले १० खेलाडीमा समेटिएको एभर्टनमाथि ३–०को जित निकाल्यो। यस्तै, नटिङ्हम फरेस्ट र बोर्नेमाउथले १–१ गोलको बराबरी खेलेका छन्।

प्रकाशित मिति: ११:२९ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्