राष्ट्रिय सभाको बैठक बस्दै
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।
काठमाडौं, भदौ २ : राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।
कानूनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १०:१५ बजे, आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार